Devdaha Tv | जीवनशैली
जेठ २० | 2023 Jun 03
Flash News

हृदयाघातका सामान्य लक्षणहरु

1 year ago
हृदयाघातका-सामान्य-लक्षणहरु

 हृदयाघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पुरा छाती गहुँङ्गो भएको महसूस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने अपच हुने, श्वास फेर्न गाह्रो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनीमा हुने, सास  बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षणहरू देखा पर्छन् ।
जस्तो सुकै भएतापनि यदि तपाईलाई हृदयाघात भएको शंका भएमा तपाईंले तत्कालै हृदयाघात उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन ९३०० मी।ग्रा। बिरामीलाई तत्कालै खुवाइदिनु पर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानी हुनबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ