Devdaha Tv | जीवनशैली
जेठ २० | 2023 Jun 03
Flash News

जाडोयाममा प्रयोग गर्ने सौन्दर्य सामग्री

1 year ago
जाडोयाममा-प्रयोग-गर्ने-सौन्दर्य-सामग्री

कार्तिक १७ । जाडोमा मान्छेको छाला सुख्खा हुने भएकाले यो मौसममा धेरै ख्याल गर्नुपर्ने हुन्छ अहिले जाडोको मौसम बढ्दै छ । बजारमा पाइने सौन्दर्य सामाग्रीमध्य मोइस्चराइजर बढी बिक्री हुने गरेको छ । चिसो मौसममा मान्छेको छाला धेरै सुख्खा हुने भएकोले त्यसबाट बच्न सौन्दर्य सामाग्री प्रयोग गर्ने गरेको पाइन्छ । जाडोमा कतिपयले सन प्रोटेक्सन क्रिम लगाउँदैनन् । तर, यतिबेला पनि घामको विकिरण र अन्य विकिरणले असर गर्न सक्ने हुदा सन प्रोटेक्सन क्रिम लगाउन छाड्नु हुँदैन । हामी धेरैबेर मोबाइल वा कम्युटरको स्क्रिन अगाडि बस्दा पोल वा अन्य टावरको मुनि बस्दा पनि त्यसमा आउने विकिरणले हाम्रो छालालाई असर गरिरहेको हुन सक्छ । यसबाहेक विभिन्न खाले प्रकाशले पनि छालालाई असर गर्नसक्ने भएकाले सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन । नेपाल र भारतको हावापानी मिल्दोजुल्दो भएकोले नेपाली बजारमा आउने र यहाँ उत्पादन हुने सौन्दर्य सामग्रीहरु पनि भारतीय प्रोडक्ट क्वालिटीकै उपयुक्त हुन्छ ।तर यो नेपालबाहिर भने लागु नहुन पनि सक्छ ।