Devdaha Tv | खेलकुद
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा

3 weeks ago
टी–२०-विश्व-कप-क्रिकेटको-सेमिफाइनलको-समीकरण-पूरा

कात्तिक २२ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भारत र नामिबिया खेल्दैछन्। सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिबियाबीचको खेल दुबईमा भरे बेलुका पौने ८ बजे हुनेछ । प्रतियोगिताबाट बाहिरिएका यी दुवै टिमले आज औपचारिकताका लागि मात्रै खेल्दै छन् । आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अहिले सम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो । यस्तै, फाइनल प्रवेशका लागि पर्सि इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने छन् । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।