Devdaha Tv | जीवनशैली
जेठ २० | 2023 Jun 03
Flash News

कार्तिक २८ देखि बालबालिकालाई फाइजरको खोप लगाउने

1 year ago
कार्तिक-२८-देखि-बालबालिकालाई-फाइजरको-खोप-लगाउने

कार्तिक २५ । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ अर्थात् आइतबार १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म दिने भएको छ ।  कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ ।