२६ कात्तिक । हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी हुने यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने गरेको पाईन्छ । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छ ।