Devdaha Tv | अन्तर्राष्ट्रिय
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

भारतको आन्द्रप्रदेशमा बाढी २५ जनाको मृत्यु, सय जना वेपत्ता

1 week ago
भारतको-आन्द्रप्रदेशमा-बाढी-२५-जनाको-मृत्यु,-सय-जना-वेपत्ता

मंसिर  ५ । भारतको आन्द्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी २५ जनाको ज्यान गएको छ भने कम्तिमा एक सय जना वेपत्ता भएका छन् । प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर जिल्लामा बर्षा र बाढीले जनधनको ब्यापक क्षति गरेको छ । वर्षापछि स्थानीय नदीहरु बढेर बस्तीमा पस्दा क्षति भएको हो । करीब २ हजार घरहरु डुबानमा परेको र हजारौं चौपायाको क्षति भएको जनाइएको छ । तिरुपति बालाजी मन्दिर क्षेत्रमा पनि बाढीले डुबाएको छ । बाढीमा फसेकाहरुको उद्धारका लागि वायु सेनालाई परिचालन गरिएको छ । डुबानका कारण उद्धार र पुनस्थापनामा कठीनाई भईरहेको त्यहाँको सरकारले बताएको छ । प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका परिवारका लागि तत्काल ५ लाख राहत दिने घोषणा गरेको छ ।