Devdaha Tv | राजनीति
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

1 week ago
प्रधानन्यायाधीश-जबराको-राजीनामा-माग्दै-सर्वोच्च-परिसरमा-आज-पनि-प्रदर्शन

मंसिर ५ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार पनि धर्ना जारी राखेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका छन् । धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका थिए ।आन्दोलनअन्तर्गत नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।  प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएको छ ।नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।