Devdaha Tv | राजनीति
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै/रुपन्देहीको क्षेत्र नं. १ को अधिवेशन पनि आज

1 week ago
नेपाली-कांग्रेसले-प्रतिनिधि-सभा-क्षेत्रीय-अधिवेशन-गर्दै/रुपन्देहीको-क्षेत्र-नं.-१-को-अधिवेशन-पनि-आज

नेपाली कांग्रेसले आज विभिन्न जिल्लामा बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो त्यसै क्रममा रुपन्देहीको क्षेत्र नं. १ को अधिवेशन पनि आज सम्पन्न हुँदैछ । अधिवेशनमा देउबा प्यानल र पौडेल प्यानलबिच चुनाव नै हुँदै छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १ मा अवस्थित खड्ग मा. बि. मा बिहान ११ः०० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने क्षेत्रीय सभापति हिरा बहादुर खत्रिले जानकारी दिनुभयो ।। अधिवेशनमा देउवा पक्षका वर्तमान क्षेत्रीय सभापती हिरा बहादुर खत्री पुनः क्षेत्रीय सभापतीको रुपमा रहनुभएको छ । त्यस्तै सोहि प्यानलबाट बिजय गुरुङ्ग र बैजनाथ साहनी सचिव तथा सह–सचिवमा नर बहादुर थापा सुरज र मोहम्मद रजा पठान रहनुभएको छ । त्यस्तै पौडेल पक्षका विश्वनाथ यादव सभापती, अर्जुन पोखरेल र विनोद न्यौपाने सचिव पदका लागि त्यसैगरी हरी भण्डारी र बिजयकुमार गुप्ता सह–सचिव पदका लागि निर्वाचनमा रहनुभएको पार्टिले जनाएको छ ।