Devdaha Tv | खेलकुद
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

महिला टी २० क्रिकेटमा नेपाल हङकङसँग पराजित

1 week ago
महिला-टी-२०-क्रिकेटमा-नेपाल-हङकङसँग-पराजित

 मंसिर ६। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ । छनोट चरणको सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । हङकङको जितमा मारिको हिलले अविजित ४४ रन बनाइन् । एम्मा लाई १४ रनमा अविजित रहिन् ।सीताले ४० तथा ईन्दुले ३१ रन बनाए । २१ रनमै २ विकेट गुमाएको नेपालका लागि सीता र ईन्दुले ८१ रनको साझेदारी गरेका थिए । हङकङका बेटी चान र क्यारी चानले एक एक विकेट लिए । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सीता राना मगर र ईन्दु बर्माले सम्हालिएर ब्याटिङ गरेका थिए । नेपालका लागि कविता कुँवर, सीता राना मगर र सबनम राईले एक एक विकेट लिए । कप्तान रुबिना क्षेत्रीले ४ ओभरमा ३२ रन खर्चिएर पनि विकेट लिन सकेनन् ।