Devdaha Tv | राजनीति
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ६० जिल्लाका १ सय ४८ निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन/रुपन्देहीको क्षेत्र नं. १ मा पनि निर्वाचन सम्पन्न

6 days ago
नेपाली-कांग्रेसको-१४औं-महाधिवेशन-अन्तर्गत-६०-जिल्लाका-१-सय-४८-निर्वाचन-क्षेत्रमा-आज-क्षेत्रीय-अधिवेशन/रुपन्देहीको-क्षेत्र-नं.-१-मा-पनि-निर्वाचन-सम्पन्न

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका ६० जिल्लाका १ सय ४८ निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन भएको हो । रुपन्देहीको क्षेत्र नं. १ पनि आज निर्वाचन भएको छ । देवदह नगरपालिका वडा नं. १ स्थित खड्ग मा. वि. मा दिउसो २ बजेपछि सुरुभएको निर्वाचन ७० मत खसेपछि करिब २ः३० तिर केहिबेरका लागि स्थगित भएको थियो । देउबा पक्षका सचिव पदका उम्मेदवार बैजनाथ साहनीको थर मतपत्रमा यादव छापिएको भेटिएपछि केहिबेरका लागि मतदान स्थगित गरिएको र दुवै पक्षका उम्मेदवारहरुको सहमतिमा खसेको मतपत्र सोहि अवस्थामा सदर गर्ने तथा नयाँ मतपत्र आउने बेलासम्म निर्वाचन स्थलमा उपलब्ध मतपत्रमा भएको गल्तीलाई सच्याई निर्वाचन सुचारु गर्ने सहमति भएपछि करीब २ः४५ मा पुनः मतदान सुरु गरिएको निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । पठाउँदा सहि नामावली पठाएको तर छापाखानामा मतपत्र छाप्ने क्रममा गलत छापिएकाले समस्या आएको अर्यालले जानकारी दिनुभयो । क्षेत्र नं. १ मा दुइ प्यानल निर्वाचनमा होमीएको छ । देउवा पक्षका वर्तमान क्षेत्रीय सभापती हिरा बहादुर खत्री पुनः क्षेत्रीय सभापतीको रुपमा उम्मेदवार रहनुभएको छ । त्यस्तै सोहि प्यानलबाट बिजय गुरुङ्ग र बैजनाथ साहनी सचिव तथा सह–सचिवमा नर बहादुर थापा सुरज र मोहम्मद रजा पठान रहनुभएको छ । त्यस्तै पौडेल पक्षका विश्वनाथ यादव सभापती, अर्जुन पोखरेल र विनोद न्यौपाने सचिव पदका लागि त्यसैगरी हरी भण्डारी र बिजयकुमार गुप्ता सह–सचिव पदका लागि निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । कुल ४५ पदका लागि हुने निर्वाचनमा ३ जना निर्वाचन अघि नै सर्वसम्मत रुपमा चयन भएको पार्टिले जनाएको छ । महाधिवेशन प्रतिनिधि तर्फ मुस्लीम कोटाबाट पार्टीका जिल्ला सभापती तथा पुर्व मन्त्री तथा अब्दुल रज्जाक, अपाङ्ग कोटाबाट धर्म सापकोटा र मधेसी महिला कोटाबाट भगवन्ती निषाद सर्वसम्मत चयन हुनुभएको पार्टीले जनाएको छ । निर्वाचनमा कुल ४२ सिटका लागि दुई प्यानलका ८४ जनाको उम्मेदवारी रहेको छ । मतदान गर्ने क्षेत्रीय प्रतिनिधिको संख्या ६२१ रहेकोमा ६१६ मत खसेको मतदान अधिकृत अर्यालले जानकारी दिनुभयो । अब केहि समयमा मतगणना सुरु हुने निर्वाचन मण्डलले जानकारी दिएको छ ।