Devdaha Tv | राजनीति
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनेघोषणा

6 days ago
नेता-सुवासचन्द्र-नेम्वाङले-वरिष्ठ-उपाध्यक्ष-पदमा-उम्मेदवारी-दिनेघोषणा

  मंसिर  ७ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । चितवनमा हुने नेकपा एमालेको दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । सर्वसम्मत मै जाने जोड दिनुभएको नेम्वाङले भन्नुभयो ‘सर्वसम्मतमा भएन भने उम्मेदवारी नै दिन्छु । नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताउनुभयो । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहनु भएका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउनुभयो । चुनाव हुने अवस्था आएको खण्डमा आफुले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ । गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । सो पदमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।