Devdaha Tv | समाचार
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

वडाध्यक्ष बस्यालको निधनमा बुटवल उपमहानगरद्धारा शोक सभा सम्पन्न

5 days ago
वडाध्यक्ष-बस्यालको-निधनमा-बुटवल-उपमहानगरद्धारा-शोक-सभा-सम्पन्न

मंसिर७ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लाल प्रसाद बस्यालको निधनमा उपमहानगरपालिकाले मंगलबार अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरी एकदिनका लागि बिदा दिएको उपमहनगरपालिकाले जनाएको छ । उपमहानगरले जारी गरेको सूचना अनुसार शोकमा परेको उपमहानगरका अत्यावश्यक सेवा बाहेकका उपमहानगर र वडा स्तरका समेत सबै सेवाहरु एक दिनका लागि बन्द रहने जनाइएको थियो । बुटवल क्षेत्रका पाका कम्युनिष्ट कार्यकर्ता तथा स्थानीय तहमा वडा नम्बर ३ बाट निर्वाचित अध्यक्ष बस्यालको सोमबार आफ्नै घरको शौचायमा लडेर मृत्यु भएको थियो । ७३ वर्षिय वडा अध्यक्ष बस्यालको निधनको शोकमा उपमहानगरमा मंगलबार बिहान शोक सभा राखिएको थियो । शोकसभामा उपमहानगरका प्रमुख शिवराज सुबेदी, उप प्रमुख गोमादेबी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी लगायतले स्वर्गिय बस्यालको तस्विरमा माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण व्यक्त गर्नुभएको थियो । सो अवसरमा बोल्दै उपमहानगर प्रमुख सुबेदीले सम न्यायिक र समनतामुलक समाज बनाउने बस्यालको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।