Devdaha Tv | समाचार
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

सवारी दुर्घटनामा परी माओवादी रुपन्देही इन्चार्ज बञ्जाडेको निधन

5 days ago
सवारी-दुर्घटनामा-परी-माओवादी-रुपन्देही-इन्चार्ज-बञ्जाडेको-निधन

मंसिर ८ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे टंकमणिको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा पर्नुभएको थियो । सवारी दुर्घटनामा परी गम्भीर घाइते उहाँको बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ५ः३० मृत्यु भएको हो । पार्टिको कामकै शिलशिलामा उहाँ दाङबाट बुटवल फर्कदै हुनुहुन्थ्यो । बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उहाँ पछाडि सवार हुनुहुन्थ्यो । दुर्घटनामा परी चालक रानासमेत घाइते हुनुभएको छ । बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दुःख प्रकट गरेको छ । उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।