Devdaha Tv | अपराध
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ

5 days ago
किशोरीलाई-बालयौन-दुरुपयोग-गरेको-अभियोगमा-एकजना-पक्राउ

मंसिर ८ । प्रहरीले १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । मोबाइलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्व्‍यहार गर्दै एकान्त ठाउँमा लगी बालयौन दुरुपयोग गरेको सूचनाको आधारमा सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका ४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् ।