Devdaha Tv | समाचार
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

रुपन्देहीको देवदह नगरपालिका वडा नं. ८ द्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण/ गरिब तथा विपन्न बर्गलाई मध्यनजर

4 days ago
रुपन्देहीको-देवदह-नगरपालिका-वडा-नं.-८-द्धारा-जेष्ठ-नागरिकलाई-न्यानो-कपडा-वितरण/-गरिब-तथा-विपन्न-बर्गलाई-मध्यनजर

मंसिर ८ । देवदह नगरपालिका–८, वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले ७५ बर्ष नाघेका जेष्ठ नागरिकलाई एक कार्यक्रमका वीच न्यानो कपडा वितरण गरेको हो । वडा कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा एक लाख बजेट विनियोजन गरी जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको वडाअध्यक्ष दण्डपानी भट्टराईले जानकारी दिनुभयो । गरिव तथा विपन्न बर्गलाई मध्यनजर गर्दै जेष्ठ नागरिकलाई जाडो याममा न्यानो कपडा वितरण गरेको वडाअध्यक्ष भट्टराईले जानकारी दिनुभयो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष भट्टराईले जेष्ठ नागरिकलाई सम्मान स्वरुप वडा कार्यालयले न्यानो कपडा वितरण गरेको बताउनुभयो । वडाका करिव एक सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो । वडामा रहेको प्रत्येक टोल÷टोलमा गएर जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने उहाँले जानकारी दिनुभयो । बंगाली टोल, स्कुल टोलमा न्यानो कपडा वितरणको शरुवात गरेको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष दण्डपानी भट्टराईको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा वडा सदस्यहरु, टोल विकास संस्थाका हरिप्रसाद पौडेल, रिमबहादुर ढेंगा, वडा कार्यालयका कर्मचारी गीता शर्मा लगायतको सहभागिता रहेको थियो । वडा सचिव रामप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।