Devdaha Tv | अर्थ बजार
जेठ १५ | 2022 May 29
Flash News

प्रतितोला २ सयले बढ्यो सुनको भाउँ

6 months ago
प्रतितोला-२-सयले-बढ्यो-सुनको-भाउँ

मंसिर १२ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।