Devdaha Tv | राजनीति
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिव र उपमहासचिव सहित पाँचजना पदाधिकारी निर्विरोध निर्वाचित

1 month ago
वरिष्ठ-उपाध्यक्षमा-ईश्वर-पोखरेल,-महासचिव-र-उपमहासचिव-सहित-पाँचजना-पदाधिकारी-निर्विरोध-निर्वाचित

१३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरे पछि पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन । अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन । १०औं महाधिवेशनबाट पाँचजना विजय हुने निश्चित प्रायः हुन भए पनि औपचारिक पमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन ।