Devdaha Tv | समाचार
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

दण्डहिनतामा राजैनैतिक संरक्षण भएको आरोप

1 month ago
दण्डहिनतामा-राजैनैतिक-संरक्षण-भएको-आरोप

मंसिर १३ । मानव बेचबिखन बिरुद्ध सबै एकजुट हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । मानव बेचबिखन बिरुद्धको प्रादेशिक परामर्श कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले दण्डहिनतामा राजैनैतिक संरक्षण भइरहेको बताउनुभयो । नमुना एकिकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेलले होटलहरुमा साना साना नानीहरु कति छन भन्दा पनि १८ वर्ष भन्दा कम उमेरका कति छन् भनेर अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो । थारु महिला उत्थान केन्द्र बर्दियाकी अध्यक्ष कल्पना नेपालले कम्लरी प्रथा अन्त्य भएको भनिएपनि अझै अन्त्य नभएको बताउनुभयो । मानव बेचबिखन सम्बन्धी जनचेतना फैलाउने काम गर्नुपर्ने बताउनुभयो । इन्सेक नेपालकी रिमा बिसीले प्रहरीले समाएर मुद्दा दर्ता गरेपनि अदालतबाट सफाई पाएका तमाम घटनाहरु भएको बताउँदै रुपन्देही जिल्लामा पीडा जनक भएको बताउनुभयो । एटबिनकि अध्यक्ष सीता पौडेलले मानव बेचबिखन बिरुद्धको आगामी राष्ट्रिय कार्ययोजना तयार पारिने बताउनुभयो । मानवबेचबिखन बिरुद्धको राष्ट्रिय कार्ययोजना बारे जानकारी तथा दस्ताबेजहरुको अध्ययनबाट प्राप्त मुख्य बूँदाहरुको प्रस्तुति परामर्श कर्ता रत्न काजी बज्राचार्यले गर्नुभएको थियो ।