Devdaha Tv | अन्तर्राष्ट्रिय
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

जापानमा विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध

1 month ago
जापानमा-विदेशी-उडानहरुलाई-अनिश्चितकालको-लागि-प्रतिबन्ध

मंसिर १३ । कोभिड–१९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । प्रतिबन्धको घोषणा गर्दै प्रधामन्त्री फुमियो किसिदाले खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरेका बताउनुभएको छ । एक महिना पहिले जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डलाई कडाइसँग पालना गर्न आग्रह गर्नुभएको छ ।