Devdaha Tv | अन्तर्राष्ट्रिय
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प

1 month ago
उत्तरी-पेरुमा-७.५-म्याग्निच्युडको-भूकम्प

मंसिर १३ । उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन् भने भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन्। भूकम्पपछि निरन्तर परकम्पन गइरहेको छ । भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू–सर्वेक्षण केन्द्रले जनाएको छ ।भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ । भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो। भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए। भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा समेत अवरोध भएको छ ।