Devdaha Tv | समाचार
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारको तयारी

1 month ago
कोरोनाको-नयाँ-भेरियन्ट-‘ओमिक्रोन’-बाट-बच्न-सरकारको-तयारी

मंसिर १३ । अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनुभएको हो । उहाँले नेपालमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले र भर्खरै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी देशबाट नेपाल आउनेहरूलाई अन अनराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी देशबाट यात्रु नल्याउन विभिन्न एअरलाइन्सलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकी अफ्रिकी देशमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकाले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनुभयो । उहाँले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनुभयो । प्रवक्ता पोखरेलले नेपाल भित्रिने नाकामा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूलाई जाँच गर्न र नजिकको स्वास्थ्य चौकी पुर्‍याउन निर्देशन दिएको बताउनुभयो ।