मंसिर १५ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनको भाउ हिजो ९१ हजार ९ सयमा कारोबार भएकोमा आज चार सय रुपैयाँले घटेर तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।