Devdaha Tv | खेलकुद
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

कालिका मानवज्ञान मा. वि. प्रथम जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने

1 month ago
कालिका-मानवज्ञान-मा.-वि.-प्रथम-जिल्ला-स्तरीय-रनिङ्ग-शिल्ड-प्रतियोगिता-आयोजना-हुने

मंसिर  २८  ।  नेपालकै नमूना सामुदायिक शैक्षिक संस्था कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रथम जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । आगामी पौष १ देखि ७ गतेसम्म सप्ताहव्यापी सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका शैक्षिक संस्थाहरु बीच १६ वटा विधामा प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ । विद्यालयको ६५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार राशीसहित रनिङ्ग शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन । यसैगरी द्वितीय हुने विद्यालयले ३० हजार तथा गृतीय हुने विद्यालयले २० हजार नगद राशी सहित कम मेडल तथा प्रमाणपत्रहरु प्राप्त गर्ने छन । प्रतियोगिता बारे जानकारी गराउन मँगलबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक दिनेश थापाले प्रतियोगितामा जिल्लाका ३० बढी शैक्षिक संस्थाबाट हजार बढी विद्यार्थी प्रतिस्पर्धामा रहने बताउनुभयो  । प्रतियोगितमा १६ स्वर्ण, १६ रजत र १६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।