Devdaha Tv | राजनीति
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्काषित

1 month ago
विवेकशील-साझा-पार्टीबाट-मिलन-पाण्डे-निष्काषित

 पौष ६ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको कारण देखाउँदै पाण्डेलाई निष्कासित गरिएको अध्यक्ष रवीन्द्र मिश्रले बताउनुभयो ।मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।