Devdaha Tv | खेलकुद
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

लुम्बिनी प्रदेश स्तरीय सी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु

1 month ago
लुम्बिनी-प्रदेश-स्तरीय-सी-लेभल-पुरुष-डबल्स-ब्याडमिन्टन-प्रतियोगिता-सुरु

पौष ९ । लुम्बिनी प्रदेश स्तरीय सी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल देविनगरको वलीपथ स्थित कभर्ड हलमा सुरुभएको प्रतियोगीताको लुम्बिनी प्रदेशका  जलस्रोत उर्जा तथा सिंचाईमन्त्री विरबहादुर रानाले शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री रानाले खेलकुदको विकासका  लागि सबैले सहकार्य गर्न जरुरी रहेको भन्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्री रानाले देशको शाषकिय पद्धती परिवर्तन भएपनि आम प्रवृति परिवर्तन हुन नसक्दा संघिय लोकतान्त्रीक गणतन्त्रको सार्थकता महशुस गर्न नसकिएको उल्लेख गर्दै प्रवृति परिवर्तनमा लाग्नुपर्ने औँल्याउनुभयो । समुद्घाटन कार्यक्रममा आशिष ग्रुपका प्रबन्धक निर्देशक आयुषकृष्ण श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव ईन्टरनेशनल ३२५ वि २ नेपालका सेकेण्ड भाईसडिष्ट्रिक गर्भनर एमजेएफ नवराज न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंहथापा, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायव प्रहरी उपरिक्षक ठक बहादुर केसी, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरिक्षक शुर्दशन पन्थी, लायन्स इन्टरनेशनल ३२५ वि २ का डिष्ट्रिक एक्जुकेटिभ चिफ एमजेएफ अर्जुनमान सैजु, लायन्स ईन्टरनेशनल को चिफ पुरुशोत्तमभक्त प्रधानांग, नेपाल ब्याडमिन्टन संघका केन्द्रीयसदस्य जिवन सिंह कुँवर, सहयोगी संस्था लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष एन्जील मिया खान लगायतको आतिथ्यतारहेको थियो । प्रतियोगीताको मुख्य निर्णायकमा अर्जुन कार्की, निर्णायकमा प्रमोदसिंह पहारी, जिवन बहादुर अधिकारी रहनुभएको छ । आशिष स्टेशनरी तथा स्पोर्टस हाउसको आयोजनामा हुने प्रथम ‘आशिष कप ब्याडमिन्टन’ मा लायन्स क्लब अफ बुटवल स्टारको समेत सहभागीता छ  । प्रतियोगिताको विजेताले नगद ३० हजारसहित मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन । यसैगरी द्वितीय हुनेलाई २० हजार तथा तृतीयलाई १५ हजार नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई समेत विशेष पुरस्कारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने बताए । प्रतियोगितामा टप ८ मा पर्न सफल टिमलाई विशेष पुरस्कारको व्यवस्था गरिने गरिएको छ ।