Devdaha Tv | खेलकुद
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा बधाई

4 weeks ago
नेपाली-राष्ट्रिय-महिला-भलिबल-टोलीलाई-प्रधानमन्त्री-शेरबहादुर-देउवाद्धारा-बधाई

पौष १४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि बिजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिनुभएको छ । बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको थियो । ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले  उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अङ्कले पराजित गरेको हो । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागि थिए । प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो । नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बङ्गलादेशमा सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।