Devdaha Tv | समाचार
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

रेल सञ्चालनमा कर्मचारीलाई तालिम, पूर्व कर्मचारीले गरे विरोध

2 weeks ago
रेल-सञ्चालनमा-कर्मचारीलाई-तालिम,-पूर्व-कर्मचारीले-गरे-विरोध

पौष २९। नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । यस तालिममा गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भईरहेको छ । सरकारले खरिद गरेको दुई सेट रेल नेपाल–भारत सीमावर्ती क्षेत्र धनुषाको ईनर्वामा थन्क्याएर राखिएको छ । उक्त रेल सञ्चालन गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ । त्यस्तै तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका छन् । पहिलो चरणमा सहायक स्टेशन मास्टर पदका तालिम लिएका इन्द्रजित गोइतले आफूहरुले यस्तो तालिम लिइसकेको उल्लेख  गर्दै  आफूहरुलाई हटाएर नयाँ कर्मचारी भर्ना गरी फेरि तालिम सुरु गरिएको जनाए । उनले विगतमा आफूहरुले पनि एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत नदिई पुनः सोही तालिम अरुलाई दिनु अनुचित भएको बताए । कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर्मचारी नियुक्त गरिएको भन्दै महाप्रवन्धक निरञ्जन झाले उनीहरुलाई हटाएका थिए ।