Devdaha Tv | समाचार
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो साधारण सभा सम्पन्न

2 weeks ago
केरवानी-खानेपानी-उपभोक्ता-तथा-सरसफाई-संस्थाको-चौथो-साधारण-सभा-सम्पन्न

पौष २९ । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ । राजनीतिक अस्थिरताका कारण मुलुक पछाडि परेको लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले बताउनु भएको छ । उहाँले सरकार परिवर्तन भएका कारण अव्यवस्थित बसोवासको समस्या समाधान गर्न नसकेको बताउनभयो । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह–१, को चौथो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन गर्दै न्यौपानेले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका अनुसासन आयोगका सदस्य समेत रहनु भएका सांसद न्यौपानेले शुद्ध र स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट योजना अगाडि बढाउन आवश्यक रहेको औल्याउनु भयो । उहाँले आमनागरिकलाई शुद्ध खानेपानी उपलव्ध गराउनको लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताउँदै खानेपानीको भौतिक पुर्वाधार विकासको लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सांसद न्यौपानेले प्रत्येक नागरिकको घर÷घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ प्रदेश सरकार अगाडि बढेको बताउनुभयो । उहाँले उत्पादन बृद्धिले मात्र देश समृद्धि बन्न सक्ने हुँदा कृषि उत्पादन बृद्धिको लागि सरकारले सिचाईका योजनाहरु अगाडि सारेको दावी गर्दैे सामाजिक संघसंस्थामा राजनैतिक दलहरुबीच सहमतिको आधारमा समिति गठन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले देवदह ऐतिहासिक क्षेत्र भएकोले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न सवै लाग्नु पर्नेमा जोड दिनुभयो । सांसद न्यौपानेले देवदहमा रहेको रोहिणी नदी संरक्षण र सम्वद्र्धनको लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताउदै रोहिणी नदीमा निर्माणधिन ड्यामलाई व्यवस्थित गर्न सरकार लागिरहेको दावी गर्नुभयो । संस्थाका अध्यक्ष कालुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार संयोजक प्रजापति सापकोटा, देवदह–१, का वडाअध्यक्ष रमेश शर्माभूषाल, २, का वडाअध्यक्ष धर्मागत पाण्डे, नेकपा एमालेका विष्णु अर्याल, माओवादी केन्द्रका गणेशकुमार खाती, नेपाली काग्रेसका दिपक पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका मनबहादुर राना, कोलिय देवदह साकोसका सुवकान्त न्यौपाने, भविष्य निर्माण माविका अध्यक्ष झविन्द्रप्रसाद पाण्डे, सरस्वती माविका पदमबहादुर राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संस्थाका समिति, लेखा समिति, सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष थापाले प्रगति प्रतिवेदन, सचिव धनप्रसाद भुषालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष यमबहादुर आलेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहसचिव गीता भण्डारीको स्वागत र बोधराज गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ कार्यसमिती निर्वाचनका लागि सहमतिको नजिक पुगेको तथा निर्वाचनको प्रक्रिया शुक्रबार १० बजेदेखि हुने सल्लाहकार बोधराज गौडेलले जानकारी दिनुभयो ।