Devdaha Tv | समाचार
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

2 weeks ago
वीर-अस्पतालका-३०-भन्दाबढी-स्वास्थ्यकर्मीमा-कोरोना-संक्रमण

  पौष ३०  । पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल  महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो । कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा  भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँनुभयो । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको ड। बस्नेतले बताउनुभयो ।