माघ १२ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनसङख्याको प्रारम्भिक तथ्याङक सार्वजनिक गरेको छ । नेपालको जनसङख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ र पुरुषको १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ । महिलाको तुलनामा पुरुषको संख्या कम रहेको छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ त्यस्तै जनसंख्याको वृद्धिदर १० वर्षमा लुम्बिनीमा १४ प्रतिशतले बढेको छ । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।