Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा

4 months ago
लुम्बिनी-प्रदेश-सभाका-सांसद-तुलसीप्रसाद-चौधरी-दुर्घटनामा

माघ १२ । लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते हुनुभएको छ । लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी राष्ट्रिय सभा निर्वाचनको मतदान गर्न दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा पर्नु भएको हो । सांसद चौधरी सवार गाडी ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र ख मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको थियो ।