Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

फुङ्लिङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन

4 months ago
फुङ्लिङमा-प्रधानमन्त्री-शेरबहादुर-देउवा-र-मन्त्री-रेणुकुमारी-यादवको-पुत्ला-दहन

माघ १२ । युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्ति विरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन गरेकोे हो । एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो । रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिनुपछि अहिले सर्वत्र विरोध भइरहेको छ । युवा संघका जिल्ला इञ्चार्ज गोपाल न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न ढिलाइ गरे युवा संघ त्यसको प्रतिरोधमा उत्रने चेतावनी समेत दिनुभयो ।