Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

फुटबल टोलीका कप्तान किरणलाई त्रिभुवन विमानस्थलमा स्वागत

4 months ago
फुटबल-टोलीका-कप्तान-किरणलाई-त्रिभुवन-विमानस्थलमा-स्वागत

माघ १३ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु चेम्जोङ मौरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किनु भएको छ । माल्दिभ्सको माजिया स्पोट्र्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीको ड्युटीका लागि बुधबार राति नेपाल फर्किनुभएको हो । राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले किरणलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा अफ्रिकन राष्ट्र मौरिसस विरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।