Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

बैतडीमा ३२ यात्रु सवार बस दुर्घटना

4 months ago
बैतडीमा-३२-यात्रु-सवार-बस-दुर्घटना

माघ १३ । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको बस सडकबाट २० मिटर तल खसेको हो । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।