Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

मगर संसार फोेटो ग्यालरी ग्रुप पेजले मगर संसार डान्स आईडल गर्ने

4 months ago
मगर-संसार-फोेटो-ग्यालरी-ग्रुप-पेजले-मगर-संसार-डान्स-आईडल-गर्ने

माघ १३ । लाखौ मगरहरुलाई जोडन सफल सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोेटो ग्यालरी ग्रुप पेजले मगर संसार डान्स आईडल २०७८ गर्ने भएको छ । ४० औं मगर एकता दिवस पन्ध्र फागुनको अवसर पारी यही माघ २२ गते शनिवार देखी ३७ औं अनलाइन प्रतियोगिता अन्तर्गत डान्स आइडलको अडिसन सुरु हुने भएको छ । १० बर्ष माथि उमेरकाले सहभागी जनाउन सकिने र  अडिसन मगर संसार फोेटो ग्यालरी ग्रुपभित्र माघ २२ गते देखी माघ २८ गते सम्म चल्ने संयोजक अनिल लामिछाने मगरले बताउनु भएको छ । अडिसनमा सहभागी प्रतियोगीहरूको डान्सको मूल्यांकन जज मार्फत हुनेछ र छनोटमा परेका प्रतियोगीहरु दोस्रो चरणको लागि तयारी हुनुपर्ने छ ।  मगर संसार डान्स आइडलको निर्णायक मन्डलमा भने चर्चित डान्सर आरुषि मगर, नृत्य निर्देशक सुमन थापा मगर र एडमिन शान्ति राना मगर रहनेछन ।  डान्स आइडलमा बीजेता हुनेले क्रमश २५ हजार, पन्ध्र हजार, आठ हजार,पांच हजार र बिजेता नबनेका टप टेनभित्र पर्ने प्रतियोगीले दुइ – दुइ हजार र सम्मान पत्र पाउनेछन । यो डान्स आइडलले एउटा लुकेको प्रतिभालाई जन्माउने र प्रतियोगीको एक पैसा पनि खर्च नहुने गरी अनलाइन मार्फत मगर संसार डान्स आइडल आयोजना गरेको संयोजक अनिल लामिछाने मगरले बताउनु भएको छ ।