Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

प्याब्सनद्धारा माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग

4 months ago
प्याब्सनद्धारा-माघ-२३-गतेदेखि-विद्यालय-खोल्न-दिन-माग

माघ १३ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल प्याब्सनले माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो । खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न  शिक्षामन्त्री पौडेललाई  माग गरेको अध्यक्ष टीकाराम पुरीले बताउनुभयो । खोप लगाइसकेका विद्यार्थींलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न माग गरिएको उहाँले उल्लेख गर्नुभयो । आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताउनुभयो । त्यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले बताउनुभयो ।