Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

नेपाल बारको असहमतिका पश्चात प्रधानन्यायाधीश राणाद्धारा बोलाईयो न्याय सेवा आयोगको बैठक

4 months ago
नेपाल-बारको-असहमतिका-पश्चात-प्रधानन्यायाधीश-राणाद्धारा-बोलाईयो-न्याय-सेवा-आयोगको-बैठक

माघ १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको हो । यसअघि पुस ६ मा बोलाइएको बैठक बस्द ैनबसी स्थगित भएको थियो । नेपाल बारको असहमतिका पश्चात प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो । प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।  खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको रहेको छ ।