Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

गृह मन्त्रालयद्धारा सार्वजनिक स्थलमा अरुको मजाक प्राङ्क गर्नेमाथि कारबाही गर्ने चेतावनी

4 months ago
गृह-मन्त्रालयद्धारा-सार्वजनिक-स्थलमा-अरुको-मजाक-प्राङ्क-गर्नेमाथि-कारबाही-गर्ने-चेतावनी

माघ १४ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा अरुको मजाक, ख्यालठट्टा वा मस्करी प्राङ्क गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरि अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट पार्नुभएको छ । मजाक र ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको हो ।