Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १५ | 2022 May 29
Flash News

लुम्बिनी बौद्ध विश्व विद्यालयद्धारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

2 months ago
लुम्बिनी-बौद्ध-विश्व-विद्यालयद्धारा-अभिमुखीकरण-कार्यक्रम-सम्पन्न

फागुन २५ । लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गतको स्कुल अफ् डेभलपमेन्टल स्टडिज एण्ड अप्लाइड साइन्ेजले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार स्कुलको मास्टर्स तर्फका बिषयहरु एग्रोफरेष्ट्री तथा डेभलपमेन्टल स्टडिजमा नयाँ भर्ना भएका बिधार्थीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै विश्वविद्यालयका उप(कुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सम्बन्धित विषयमा विज्ञ उत्पादन गर्ने उदेश्य सहित देवदहमा स्नातकोत्तर तहमा एग्रो फरेस्ट्री र डेभलपमेन्ट स्टडि विषयमा अध्यापन सुरू गर्न लागेको बताउनुभयो । स्थानीय, प्रदेश र संघीय सरकारलाई नै दिशानिर्देश गर्न सक्ने उत्कृष्ट विद्यार्थी उत्पादनमा विश्वविद्यालयले जोड दिने उहाँको भनाइ थियो । कार्यक्रममा स्कुलका डिन उकेशराज भुजुले विश्व विद्यालयको स्थापना, उद्देश्य तथा बिभिन्न शैक्षिक कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले मास्टर्सतर्फका एग्रोफरेष्ट्री तथा डेभलपमेन्टल स्टडिज अन्तर्गत अध्ययन गर्नुपर्ने बिषयहरु र त्यसको बिस्तृत बिवरणबारे जानकारी गराउँदै विश्व विद्यालयका सबै बिषयहरुमा बौद्ध दर्शन समावेश गरिएको बताउनुभयो । बौद्ध दर्शनको प्रयोगले अन्य बिषयहरु झन सुन्दर भएको उहाँको दाबी छ । बौद्ध परम्परा नेपालको मौलिक परम्परा भएकाले सबै बिषयमा बौद्ध दर्शन समावेश गरिएको उहाँको भनाई छ । नेपालमा अन्य विश्व विद्यालयमा पनि एग्रो फरेष्ट्रीको अध्यापन भएपनि लुम्बिनी विश्व विद्यालयले अझै बढि प्रभावकारी रुपमा कोर्ष बनाएको उहाँको दाबी छ । कार्यक्रममा विश्व विद्यालयका भिजिटिङ्ग प्रोफेसर सञ्जीव हुमागाईले स्कुलले अगाडि बढाएका बिषयहरु व्यवसायीक विषय भएको बताउनुभयो । उहाँले अबका दिनमा अध्ययन ज्ञानको निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै खोजहरुले समाज रुपान्तरणमा भूमिका खेल्नुपर्ने जिकीर गर्नुभयो । त्यस्तै विश्व विद्यालयका भिजिटिङ्ग प्रोफेसर स्पेनका शैक्षिक व्यक्तित्व अब्राहमले बौद्ध दर्शन निकै सुन्दर रहेकाले त्यसलाई अनुभव गर्नका लागि उक्त दर्शनलाई जीवनमा प्रयोग गन आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रम अन्तर्गत यस वर्ष एग्रोफरेष्ट्रीमा ४ जना र डेभलपमेन्टल साइन्सेजमा १० जना गरि कुल १४ बिधार्थी भर्ना भएको जानकारी गराइएको थियो । कार्यक्रममा बिधार्थीहरुले राखेको प्रश्नहरुको जवाफ दिदै डिन भुजु र भिजिटिङ्ग प्रोफेसर हुमागाईले विश्व विद्यालयले लामो अध्ययनबाट दीर्घकालीन योजना निर्माण गरेर बिभिन्न बिषयहरु अगाडि बढाएको बताउनुभयो ।