Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १५ | 2022 May 29
Flash News

सगरमाथा आवासीय माध्यमिक विद्यालय.देवदह–७ शितलनगरले २ दिने अभिभावक सचेतना कार्यक्रम सम्पन्न

2 months ago
सगरमाथा-आवासीय-माध्यमिक-विद्यालय.देवदह–७-शितलनगरले-२-दिने-अभिभावक-सचेतना-कार्यक्रम-सम्पन्न

चैत्र ९ । सगरमाथा आवासीय माध्यमिक विद्यालय.देवदह–७ शितलनगरले २ दिने अभिभावक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा नर्सरी देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुलाई सचेतना कार्यक्रम गरेको हो । पहिलो दिन कक्षा ४ देखि ९ सम्म र दोश्रो दिन नर्सरी देखि कक्षा ३ सम्मका अभिभावकहरुलाई सचेतना कार्यक्रम गरेको हो । कार्यक्रमको उद्देश्यवारे प्रकाश पार्दै विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलले बालबालिकाको शैक्षिक र व्यवहारीक बिकासका लागि अभिभावक सचेतना कार्यक्रम महत्वपूर्ण हुने भएकाले विद्यालयले समयसमयमा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको जानकारी बताउनु भयो । उहाँले बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले विद्यार्थीहरुको वारेमा अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्राचार्य पौडेलले बदलिँदो परिवेशमा बिद्यार्थीलाई कोरा किताबी ज्ञानले मात्र नपुग्ने औंल्याउँदै व्यवहारीक ज्ञान प्रदान गर्न विद्यालय सदैव सचेत रहेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीले विद्यार्थी देशको कर्णधार भएको बताउदै बिद्यार्थीहरुको सर्वाङ्गीण बिकासका लागि सचेतना कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अभिभावकहरुको सहभागिता रहेको तालिमको जिनियस एकेडेमी भक्तपुरका कार्यकारी प्रमुख कमल सिलवालले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक प्रार्चाय कृष्णप्रसाद पौडेलको अध्यक्षता र विद्यालयका शिक्षक प्रदीप अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।