Devdaha Tv | खेलकुद
जेठ १५ | 2022 May 29
Flash News

शनिबार देखि फर्साटिकर कपको ९ औ संस्करण हुने

2 months ago
शनिबार-देखि-फर्साटिकर-कपको-९-औ-संस्करण-हुने

चैत्र १० । शनिबार देखि फर्साटिकर कपको ९ औ संस्करण हुने भएको छ । विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताउनुभयो । टाईगर्स ब्रेअरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग मिलेको उहाले बताउनुभयो । यसैगरि संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी र मिनि स्टेडियम निर्माणको तयारी गरि ब्यवस्थित गर्न लागेको बताउनुभयो । चैत १२ देखि २६ गतेसम्म फर्साटिकर मा.विको खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५ सय ५५ रुपैया, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित कपबाट पुरस्कृत गरिने खेल संयोजक आशिष केसीले बताउनुभयो । भैरव एफसी, झरना स्पोट्र्स क्लब, मुर्गिया एफसी, लिस्नु युवा क्लब, कपिलबस्तु युवा क्लब, सुनौलो संगम युवा क्लब, केबिए ग्लोबल भरतपुर एफसी, न्यु युथ युनियन पाल्पा, फुलबारी गाईज, कालिका स्पोट्र्स चितवन, फर्साटिकर रातो र निलो गरि १२ टिमले खेल्ने प्रचारप्रसार संयोजक टेकु भण्डारीले बताउनुभयो । पहिलो खेल भैरव एफसी र फर्साटिकर निलोका बिचमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख खर्च हुने अनुमान रहेको छ । आठौ संस्करणको विजेता फुलबारी गाईज रहेको थियो ।