Devdaha Tv | खेलकुद
जेठ १५ | 2022 May 29
Flash News

नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लबलाई

2 months ago
नेपाल-टेलिकम-रुपन्देही-सुपर-लिगको-उपाधि-मेलवर्न-क्रिकेट-क्लबलाई

चैत्र १२ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब एमसीसीले हात पारेको छ । शनिबार भएको फाइनलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसीसी उपाधि जित्न सफल भएको हो । यो सँगै सुपर लिगको साढे दुईदशकको इतिहासमा एमसीसीले नवौंपटक उपाधि जितेको छ । उपाधिसँगै एमसीसीले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको बुद्धले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २८ रन बनाएको थियो । एमसीसीका रमेश कुर्मी म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा एमसीसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भई क्रमशः १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, एमसीसीकै विजय प्रजापती बेष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी घोषित भए । उनले क्रमशः ५–५ हजार रुपैयाँ प्राप्त गरे । विजयी टिमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, नेपाल टेलिकमका उपमहाप्रबन्धक झविन्द्रलाल उपाध्याय, भीम अस्पताल विकास समिति अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।