Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १५ | 2022 May 29
Flash News

स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे तयार गरेको शोधपत्र नगरप्रमुख केसीलाई हस्तान्तरण ।

2 months ago
स्थानीय-तहमा-विद्युतिय-शासन-र-देवदह-नगरपालिकामा-त्यसको-अवस्थाबारे-तयार-गरेको-शोधपत्र-नगरप्रमुख-केसीलाई-हस्तान्तरण-।

चैत १५ । स्थानीय तहमा प्रबिधि मैत्री शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे स्नातकोत्तर तहका लागि तयार गरेको शोधपत्रको एकप्रति एक कार्यक्रमविच देवदह नगरप्रमुख हिराबहादुर केसीलाई, शोधपत्र निर्माणकर्ता देवदह नगरपालिका वडा न. ४ का युवा छवि भट्टराईले हस्तान्तरण गर्नुभएको छ । सोपत्र ग्रहण गर्दै प्रमुख केसीले देवदहकै विषयमा गहिरो अध्ययन गरि आफ्नो शोंधपत्रको एकप्रती नगरपालिकामै रहने गरि उपलब्ध गराएकोमा युवा भट्टराईको प्रशंसा गर्नुभएको थियो । नीतिनिर्माण गर्ने क्रममा यसप्रकारका शोंधपत्र सहयोगी हुने भन्दै उहाँले आफुले तयार गरेको शोंधपत्र स्थानीय तहलाई दिएर युवा छवि भट्टराईले नयाँ प्रयोगको सुरुवात गरेको उल्लेल गर्नुभयो । आफुले दुई बर्ष लगाएर देवदह नगरपालिकाले पाँच बर्षको अवधिमा गरेका कार्यहरुको अनुसन्धान गरेर शोंधपत्र तयार गरेको उल्लेख गर्दै उक्त शोंधपत्र तयार गर्न सहयोग गर्ने स्थानीय युवाहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । यसले आगामी दिनमा नीतिनिर्माण गर्दा देवदह नगरपालिकालाई अध्यायनका लागि सामाग्री हुने बताउनुभयो । सोधपत्र हस्तान्तरण गर्दै भट्टराईले देशका ७ सय ५३ वटै स्थानीय तहमा कहिँपनि यसप्रकारको सोधलेखन नभएको बताउँदैै त्यसमा देवदह नगरपालिका पहिलो भएको औल्याउनुभयो । सोधपत्रमा देवदह नगरपालिका र मातहतका कार्यालयले प्रयोग गरेको प्रविधी र त्यसबाट सेवाग्राही तथा सेवाप्रदायकले प्राप्त गरेको सुविधा लगायतको विषयमा गहिरो अध्ययन गरिएको पनि भट्टराईले बताउनुभयो । उक्त कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम बेल्बासे, वडा नं ४ का अध्यक्ष दीपक चापागाईं लगायतको उपस्थिती हुनुहुन्थ्यो ।