Devdaha Tv | खेलकुद
जेठ १५ | 2022 May 29
Flash News

पब्जी मोबाइल प्रो लिग पीएमपीएल दक्षिण एसियाली प्रतियोगिता मंगलबारदेखि सुरु

1 month ago
पब्जी-मोबाइल-प्रो-लिग-पीएमपीएल-दक्षिण-एसियाली-प्रतियोगिता-मंगलबारदेखि-सुरु

चैत्र १५ । पब्जी मोबाइल प्रो लिग पीएमपीएल दक्षिण एसियाली प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । चार सातासम्म सन्चालन हुने प्रतियोगितामा नेपालबाट ११ टोलीको सहभागिता रहेको छ । नेपाल, श्रीलंका, मंगोलिया लगायतका खेलाडीहरू सहभागी यो प्रतियोगितामा २० टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपालबाट सहभागी ११ मध्ये सात टोली यसअघिको प्रदर्शनका आधारमा छानिएका हुन भने चारवटा टोलीले छनोट चरण पार गरेका हुन । यो प्रतियोगिताको विजेताले १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउनेछन । पब्जी मोबाइललाई आसन्न एसियाली खेलकुदमा स्पोर्टस विधाअन्तर्गत आधिकारिक खेलका रुपमा समावेश गरिएको छ । पीएमपीएल दक्षिण एसिया–२०२२ मा नेपाली टिम द एट्राक्स स्पोर्टस, डेडआइज गाइज, भाइब्स स्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टू किल, रअ स्पोर्टस, हाइभोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा स्पोर्टस, ७ सी स्पोर्टस र इलिमेट्रिक्स सहभागी छन् ।