Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १५ | 2022 May 29
Flash News

देवदह बुद्ध पब्लिक ईङ्ग्लिस बोर्डिङ्ग स्कुलद्धारा अभिभावक उत्प्रेरणामूलक तालिम कार्यक्रम सम्पन्न

1 month ago
देवदह-बुद्ध-पब्लिक-ईङ्ग्लिस-बोर्डिङ्ग-स्कुलद्धारा-अभिभावक-उत्प्रेरणामूलक-तालिम-कार्यक्रम-सम्पन्न

चैत्र २५ । देवदह बुद्ध पब्लिक ईङ्ग्लिस बोर्डिङ्ग स्कुलले अभिभावक उत्प्रेरणामूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालयका ६ सयभन्दा बढि अभिभावकहरुलाई तालिम प्रदान गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण गैरेले जानकारी दिनुभयो । सहभागी अभिभावकहरुलाई प्रितम पौडेलले तालिम प्रदान गर्नुभएको थियो । प्रिन्सिपल गैरेले विद्यालयका सबै बिधार्थीलाई प्रथम बनाउन नसकिने तर सबैलाई असल बनाउन सकिने उल्लेख गर्दै बालबालिकालाई असल बनाउन अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरी पाण्डेले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले बालबालिकाको अधिकतम समय अभिभावक र घर परिवारसँग व्यतित हुने हुँदा बालबालिकाको भविष्यमा अभिभावकको ठूलो भूमिका हुने औँल्याउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।