चैत्र २७ । नेपाल प्रो–क्लब च्याम्पियनसिपमा रुपन्देही–११ ले लगातार दोस्रो जित निकालेको छ । शेन वार्नको स्मृतिमा जारी प्रतियोगितामा आइतबार पुलिस क्लबलाई २९ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । भैरहवाको सिदार्थनगर रंगशालामा रुपन्देही–११ ले दिएको ११८ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले १८ ओभर ५ बलमा ८८ रन बनाउँदै अलआउट भयो । पुलिसका लागि शंकर रानाले २८ रनको योगदान गरे । त्यस्तै रोशन बुदलले २५ रन तथा गुल्सन झाले ११ रन बनाए । बलिङतर्फ रुपन्देही–११ को जितमा बसिर अहमदले तीन विकेट लिए । त्यस्तै कृष्ण कार्की, अनिल खरेल र विशाल बिक्रम केसीले दुई–दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देही–११ ले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । रुपन्देही–११ का लागि विशालबिक्रम केसीले २९, बिक्रम भुसालले अविजित १९, बसिर अहमदले १७ रन बनाए । बिलङतर्फ पुलिसका पवन सरार्फले ४ विकेट हात पारे । जितसँगै रुपन्देही–११ सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।