Devdaha Tv | राजनीति
जेठ १५ | 2022 May 29
Flash News

वागी उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाको अपिल

1 month ago
वागी-उम्मेदवारी-फिर्ता-लिन-प्रधानमन्त्री-शेरबहादुर-देउवाको-अपिल

बैशाख १५ । नेपाली काङ्गेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वागी उम्मेदवारी फिर्ता लिन अपिल गर्नुभएको छ । देउवाले आज आफ्ना वागी उम्मेदवार दिएका नेता तथा कार्यकर्ताहरुलाई एक अपिल जारी गर्दै वागी उम्मेदवारी फिर्ता लिन अपिल गर्नुभएको हो । नेपाली जनताको दशकौ लामो सङ्घर्ष, त्याग तपस्या र वलिदानीबाट स्थापित नेपालको सैविधान बमोजिम सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाको स्थापना र स्थानीय तहसम्म अधिकारको बाँडफाँड र राज्यका निकायहरुको उपस्थितिले आम जनता लाभान्वित हुन पुगेको कुरा अपिलमा उल्लेख छ । देउवाले निकाल्नुभएको अपिलमा एउटा उम्मेदवार बन्दा अर्काे उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न आग्रह गर्नुभएको छ । देउवाले अपिल गर्दै मुलुकमा स्थापित सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा, तथा लोकतन्त्रका आधारभूत मूल्यमान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृतिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरुबीच तालमेल आवश्यक रहेको बताउनुभएको छ । स्थानीय अवस्था अनुसार पार्टीहरुबीच आपसी चुनावी तालमेल गरी संविधान विरोधी प्रवृतिलाई चिर्वाचनद्धारा परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिकर परिवर्तनककारी पक्षका उम्म्ेदवारहरुलाई नेर्तत्वमा निर्वाचन गरी सबै तहमा लोकतन्त्रका आधार स्तम्भ मजबुत बनाउनु आजको प्रमुख आवश्यकता रहेको देउवाले गर्नुभएको अपिलमा उल्लेख छ ।