Devdaha Tv | खेलकुद
आश्विन १८ | 2022 Oct 04
Flash News

युएई जान लागेका रुबिना क्षेत्री र सीता राना मगरलाई नेपाल क्रिकेट संघ क्यानले बिदाइ

5 months ago
युएई-जान-लागेका-रुबिना-क्षेत्री-र-सीता-राना-मगरलाई-नेपाल-क्रिकेट-संघ-क्यानले-बिदाइ

बैशाख १७ । फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्न युएई जान लागेका रुबिना क्षेत्री र सीता राना मगरलाई नेपाल क्रिकेट संघ क्यानले शनिबार बिदाइ गरेको छ । रुबिना र सीतालाई क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल, फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतले विदाई गर्नुभएको हो । रुबिना र सीता शनिबार नै युएई जाने क्यानले जनाएको छ । रुबिनाले दी बार्मी आर्मीबाट खेल्ने छिन् भने सीताले टिम टोर्नाडोजबाट खेल्ने छिन् । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट मान्यता प्राप्त प्रतियोगिता आगामी मे १ देखि मे १५ सम्म हुनेछ ।