बैशाख २४ । मिना गैरे । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । बाटो होस् या चिया पसल जहाँपनि कुरा भने चुनावकै भईरहेका छन् । रुपन्देही लगाएत देशभर चुनावी प्रचारप्रसार तिव्र रुपमा भईरहेको छ । कतै दलगत झै झगडाका कारण कुटाकुट भएको छ त कही शान्तीपूर्ण रुपमा प्रचारप्रसार भईरहेको छ । यसरी आपसी लडाई के सान्दर्भिक हो त ? बाटोघाटोमा चुनावी प्रचारप्रसारका क्रियाकलापहरु देख्न सकिन्छ । देशभर चुनावी चहलपहल बढेको छ ।
अहिले देशभर कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने लुम्बिनी प्रदेशमा कुल २२ हजार ४ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतादाता रहेका छन् । महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५ सय ३० रहेको छ भने ८९ लाख ९२ हजार १० जना पुरुष मतादाता रहेका छन् । त्यस्तै १ सय ८३ अन्य मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा २ लाख ९ हजार ९९ जना महिला मतदाता, २ लाख ७ सय ९९ जना पुरुष मतदाता र २ जना अन्य मतदाता रहेका छन् ।
हाम्रा आदरणीय १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतादाताले पक्कै पनि समाजमा आमूल र सकारात्मक परिवर्तन ल्याउँने उम्मेदवारलाई भोट दिनुहुने छ भन्ने विश्वास लिएको छु । हाम्रालाई नभई राम्रालाई भोट दिई जिताउँनु आजको प्रमुख आवश्यकता रहेको छ । आज भोट दिने बेलामा पार्टी, आफ्नो पराई भनी योग्य उम्मेदवारलाई नदिदा भोली पछुताउन नपरोस् । योग्य र देशप्रेमी जनप्रतिनिधी छान्नु हाम्रो हातमा छ । आफ्नो अमूल्य मतको सदुपयोग गर्नु हामी मतदाताको उत्तरदायित्व हो ।