Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १५ | 2022 May 29
Flash News

नेकपा एमालेको जीतले मात्र सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सकिन्छ : ध्रुवप्रसाद खरेल

3 weeks ago
नेकपा-एमालेको-जीतले-मात्र-सुकुम्वासी-तथा-अव्यवस्थित-बसोवासको-समस्या-समाधान-गर्न-सकिन्छ-:-ध्रुवप्रसाद-खरेल

बैशाख २४ । नेकपा एमालेको जीतले मात्र सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सकिने एमालेका मेयर पदका उम्मेदवार धु्रवप्रसाद खरेलले दावी गर्नुभएको छ । उहाँले स्थानीय तह र संघीय सरकारमा नेकपा एमालेको नेतृत्वको सरकार नहुदा अघिल्लो सरकारले अगाडि सारेको सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या ओझेलमा परेको बताउनु भयो । नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह ६, ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरेको घरदैलो कार्यक्रमको क्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । नेता खरेलले देवदहको सवैभन्दा ठूलो समस्याको रुपमा रहेको सुकुम्वासी र अव्यवस्थित बसोवास रहेकोले यसको समस्या समाधान गर्न एमालेको जीत आवश्यक रहेकोमा जोड दिनुभयो । देवदह क्षेत्रको सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या संघीय सरकार संग समन्वय गरेर आगामी एक बर्ष भित्रमा समाधान गरिने दावी गर्नुभयो । उहाले देवदह ६, को दाउन्ने, सरनवारी, केउली, सटाकखोला, उजारी लगायतका क्षेत्रमा सहज रुपमा यातायात संचालनको लागि आवश्यक सडक तथा पुलको निर्माण गरिने बताउनुभयो । देवदह ६, लाई अर्गानिक तरकारी पकेट क्षेत्रको रुपमा विकास गरी आम कृषकहरुको जीवन स्तर उकास्ने गरी काम गर्ने बताउनुभयो । उहाँले देवदह कृषिको प्रवल संभावना भएको क्षेत्र भएकोले कृषिको विकासको लागि विशेष योजना अगाडि सार्ने दावी गर्नुभयो । 

कृषकहरुलाई उत्पादनको आधारमा विऊ, मल, कृषि औजारमा अनुदानको व्यवस्था गरिनेमा जोड दिनुभयो । नेता खरेलले केउली, सटाकखोला, उजारीलाई समेत अर्गानिक तरकारी उत्पादनको लागि प्रोत्साहन गर्ने गरी योजना निर्माण गरी कार्यान्वयन गर्ने दावी गर्नुभयो । उहाँले देवदहको सम्पूर्ण घरपरिवारमा सफा र स्वच्छ खानेपानीको पहुच पुर्याउनेमा जोड दिनुभयो । सोही अवसरमा बोल्दै नेकपा एमाले केन्द्रिय अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपानेले नेकपा एमालेको जीतले मात्र देवदहको विकास गर्न सकिने बताउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा एमालेले मेयर जित्न नसक्दा विकास निर्माणको काम ओझेलमा परेको बताउनुभयो । सोही अवसरमा बोल्दै उपमेयरका उम्मेदवार विद्यालक्ष्मी गुरुगले अन्य राजनैतिक सत्ता गठबन्धनका दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिए पनि नागरिक भने एमालेको पक्षमा रहेको दावी गर्नुभयो । विगतका दिनहरुमा देवदहमा नेकपा एमालेले राम्रो काम गरेका कारण अहिले नागरिक एमालेको पक्षमा रहेको बताउनुभयो । बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले देवदहको १२ वटै वडामा प्रचार प्रसारको अभियान संचालन गरिरहेको नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईले जानकारी दिनुभयो ।